काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार डा डिला सङ्ग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रङ्गमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिनुभएको थियो ।

महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।

कांग्रेसको अल्पसङ्ख्यक केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य अल्पसङ्ख्यक ९खुला० एक पदमा प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएको छ ।

गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मत परिणामअनुसार सुनुवार दुई हजार १७१ मतका साथ निर्वाचित हुनुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले एक हजार २३ मत प्राप्त गर्नुभएको छ ।

सोही पदमा रहनुभएका अन्य उम्मेदवार हरिबहादुर घलेले ६०९, ओमप्रकाश शर्मा ९मारवाडी० ५३६ र प्रेमबहादुर छन्त्यालले २०६ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ । मतदानमा चार हजार ६३५ मत खसेकामा ९० मत बदर भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर