काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आइतबार सात सय रुपैयाँले सस्तिएको छ । तोलामा नै ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आयतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि शुक्रबारको तुलनामा आइतबार तोलामा ७०० रुपैयाँ सस्तिएको छ ।
शुक्रबार तोलाको ९२ हजार रुपैयाँमा किनबेच भएको तेजाबी सुनको मूल्य आइतबार तोलाको ९१ हजार ३०० कायम भएको छ ।
चाँदीको भाउ पनि तोलाको ३० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार २६० मा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार २३० तोकिएको छ ।