काठमाण्डौं, १४ फागुन । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । अहिले उहाँलाई उपचारार्थ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
गए राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उहाँलाई तुरुन्तै वीर अस्पताल लगिएको थियो । त्यहाँबाट आज विहानै नर्भिक अस्पतालमा लगिएको हो । त्यहाँ आईसीयूको भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको छ।
जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।
नेता जोशी नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवं भूतपूर्व मन्त्री हुनुहुन्छ ।