देहरादुन, २९ मंसीर । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल(भारतबीचको सम्बन्ध बिगार्न केही समूह सक्रिय रहेको आरोप लगाउनुभएको छ ।
उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा उहाँले सो बताृउनुभएको हो ।
भारतले छिमेकी देश नेपालसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न चाहेको बताउँदै उनले त्यस्ता समूहहरुलाई चाहे जे पनि गर्न सकिने चेतावनी दिनुभयो ।

समारोहमा उहाँले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही समूह सक्रिय छन्। ती समूहरुलाई चेतावनी दिन चाहन्छु, हामी नेपालसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न चाहन्छौं, भन्नुभयो ।

उहाँले सीमावर्ती देशको आफ्नै सामरिक महत्व रहेको भन्दै सीमामा विकास हुनु भनेको देशको सुरक्षा स्थिति पनि बलियो हुने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर