काठमाण्डौं, ११ मंसिर ।  पश्चिम नवलपरासी जिल्लामा  नेपाली काँग्रेस सभापति  पदमा अर्जुनकुमार पोखरेल चुनिनु भएको छ । त्यहाँ हिजो जिल्ला अधिवेशन भएको थियो । सोही अधिवेशनबाट पोखरेल सभापति चुनिनु भएको हो

जिल्ला सभापति पदको लागि त्यहाँ भएको चुनावमा पोखरेलको प्रतिस्पर्धी मोहनप्रसाद शर्मा हुनुहुन्थ्यो ।आज साँझ प्राप्त मतगणनाको परिणाम अनुसार  पोखरेल १ सय ९५ मत अन्तरले शर्मालाई पराजित गर्दै सभापतिमा विजयी हुनुभएको हो ।पोखरेललाई ७ सय ५६ र शर्मालाई ५ सय ६१ मत प्राप्त भएको छ ।

नव निर्वाचित सभापति पोखरेल यसअघि सोही जिल्लामा उपसभापति हुनुहुन्थ्यो । उहाँलाई काँग्रेस भित्र रामचन्द्र पौडेल पक्षीय भनेर चिनिन्छ ।

त्यसैगरी सो जिल्लामा उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड, सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी तथा सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएको मतदान अधिकृतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर