
काठमाडै, ९ मंसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेनबाट सो पुष्टि भएको हो ।
सोही समयावधिमा कोरोनाबाट २९८ जना विसेक भएका छन् । अहिलेसम्म कूल ८ लाख १ हजार ४२० जना विसेक भइसकेका छन् । हाल ७३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउनेहरुमा ११५१६ जना रहेका छन् ।