काठमाडौं, १२ फाल्गुन । पछिल्लोचौविस घण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)बाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोनाबाट अहिलेसम्म कुल २०६६ जनाको मृत्यु भएको छ ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६९२ जनाको आरटी पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
यस सँख्यासँगै कुल सङ्क्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।
अहिले १५५५ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७१ जना सङ्क्रमित विसेक भएको र यससँगै विसेकको कुल सँख्या २ लाख ७० हजार १३९ जना रहेको छ ।