काठमाडै, ७ मसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
सोही समयावधिमा संक्रमणले ९ जनाको ज्यान लिएको छ ।
यससँगै ज्यान जानेको संख्या ११५०९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोनाबाट २७३ जना विसेक भएका छन् ।
यससँगै हालसम्म ८ लाख ८९० जना विसेक भइसकेका छन् ।
