काठमाडै, २७ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ ।
यससहित कोरोनाबाट अहिलेसम्म ११४७१ को ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा ४७८ जना कोरोनाबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ९ लाख ९७ हजार ९२६ जना पुगेका छन् ।
