काठमाण्डौ, २६ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या ११४६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३९७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही समयावधिमा ३८९ जना विसेक भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या ७४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर