काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्नुभएको छ ।
सभापति देउवा आज सामाजिक सञ्जाल ट्विटरमार्फत स्वागत गर्नुभएको हो ।
ट्विटरमार्फत उहाँले भन्नुभएको छ ,मैले सुरु देखिनै संसद विघटनमा सर्र्वोच्चलाई स्वतन्त्ररुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांगे्रस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ भन्नुभएको छ ।
उहाँले संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो । सर्वोच्चले संसद विघटन वदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलाशका न्यायधिशहरुलाई पनि म धन्यवाद दिन चाहान्छु ट्विटरमा उल्लेखगर्नुभएको छ ।