काठमाडौं, ११ फाल्गुन । पछिल्लो चौविस घण्टामा ४ जनाको कोरोना भाइरस संक्रमण ( कोभिड१९) बाट मृत्यु भएको छ ।
यससँगै अहिलेसम्म कोभिड१९ बाट मर्नेको सँख्या २०६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ३२१८ जनाको आरटी पीसीआर परीक्षण गर्दा११० जनामा कोभिड१९ पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै सङ्क्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०२ जना कोरोनाबाट विसेक भएका छन् । यससँगै विसेक हुने सँख्या अहिलेसम्म २ लाख ७० हजार ६८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले १५३३ जनामा सक्रिय सङ्क्रमण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय