काठमाडौं, २२ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको ज्यान गएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा ४२५ जना कोरोनाबाट विसेक भएका छन्। अहिले संक्रमितको संख्या ७६५४ रहेको छ।
