काठमाडौँ, ११ । भारतीय कलाकार अमिताभ बच्चन र इमरान हाश्मीको फिल्म चेहराको अप्रिल ३०मा रिलीज हुने भएको छ ।
यो रहस्य थ्रिलर फिल्म सिनेमा घरहरूमा प्रदर्शन हुनेछ ।
चेहराको माध्यमबाट इमरान पहिलो पटक अमिताभ बच्चनसँग स्क्रिनमा देखिँदै छन् ।

अमिताभले पोस्टरको साथ फिल्मको रिलीज मिति घोषणा गर्नु भएको हो । उहाँले लेख्नुभएको छ, चेहरा भन्दा ठूलो कुनै मास्क छैन । वास्तविक चेहराको पर्दा उठ्नेछ । बहुप्रतीक्षित रहस्य थ्रिलर ३० अप्रिलमा थिएटरमा आउँदैछ ।
चेहरा रुमी जाफरीद्वारा निर्देशित चलचित्र हो । फिल्ममा अन्नु कपूर, टिभी अभिनेत्री क्रिस्टल डिसूजा, रघुबीर यादव र धृतिमान चटर्जी लगायतको भूमिका छ ।

दिवंगत सुशांत सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई पनि यस फिल्ममा कास्ट गरिएको थियो । यद्यपि रियालाई पहिलो लुक पोष्टरमा स्थान दिइएको छैन । उहाँको नाम कतै ट्याग समेत गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय