काठमाडौ, २१ कात्तिक । पछिल्लो चौविवस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको ज्यान गएको छ ।
यससँगै ज्यान जानेको संख्या ११ हजार ४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीषण गर्दा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५६३ जना विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् ।
