काठमाडौँ, २० कात्तिक ।   पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार १४४ रहेको छ ।

देशभर थप १ हजार ९८५ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ ।  पहिलो मात्रा लगाउने  ८७ लाख ३६ हजार ५३२ जना  छन् भने पूर्ण मात्रा खोप लगाउने  ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर