काठमाण्डौ, १८ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ११ हजार ४३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट ५१८ जना विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेका छन् ।
