काठमाडौं, १५ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको ज्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेको संख्या ११ हजार ४१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५३३ जनामा संक्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सोही समयावधिमा ४९० जना कोरोनाबाट विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ।
