काठमाडौं, १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुले वार्ताका लागि गठन गरेको समितिलाई वैशाखसम्म राजीनामाका लागि समय दिन प्रस्ताव गर्नुभएको छ ।
उहाँले सो समयसम्म आफूले प्रशासनिक काम गर्ने भन्दै सम्मानजनक बर्हिगमनको प्रस्ताव राख्नुभएको छ ।
न्यायाधीशहरुले भने वैशाखसम्म कुर्न नसकिने अडान राखेका छन् ।
प्रधानन्यायाधीश जबरा असन्तुष्ट न्यायाधीशहरुले बहिष्कार गरेका कारण इजलास प्रभावित हुँदै आएको छ।
