काठमाडौ, १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन्।

कानुन व्यवसायीले प्रदर्शनमा कालो ब्यानर बोकेका थिए।

नेपाल बार एशोसिएसनको अगुवाइमा भएको प्रदर्शन प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म जारी रहने बताएका छन्।
१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर