काठमाडौ, १४ कात्तिक । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।
योसँगै कोरोनाबाट ज्यान जानेको संख्या ११४०७ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा ५१८ जना कोरोनाबाट विसेक भएका छन् ।
