काठमाडौ, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।

नेपाल वार एशोसिएसनको आयोजनामा विहान १० वजेदेखि ११ वजेसम्म भएको प्रदर्शन सर्वोच्च अदालत परिसरमा गरिएको हो ।

कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।

प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोप लगाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर