काठमाडौं, १०फाल्गुन । पछिल्लो चौबीस घण्टामा ३६८१ जनामा आरटी पीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ९० जना सङ्क्रमित विसेक भएको र यससँगै अहिलेसम्म २ लाख ६९ हजार ९६६ जना विसेक भइसकेका छन् ।
मन्त्रालयका अनुसार अहिले १५२९ जनामा सक्रिय सङ्क्रमण रहेको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोनाबाट कसैको मृत्यु नभएको र अहिलेसम्म कोरोनाभाइरसबाट २०६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर