काठमाडौं,१०फागुन । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ ।
पार्टीको माघ ज्ञ र २ गते वसेको स्थायी कमिटीको निर्णय अनुसार सो जिम्मेवारी तोकेको पार्टीव्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पद तोक्न बाँकी जिल्लाहरुको हकमा प्रदेशका पदाधिकारीहरुले सम्वन्धितहरुसँग आवश्यक परामर्श गरी सिफारिसको आधारमा तोकिने जनाइएको छ ।
यसैगरी जिल्लाको इन्चार्ज र सह इन्चार्ज पनि छान्न बाँकी रहेको छ ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने सहमतिअनुसार उक्त जिल्लाहरुमा जिम्मेवारी तोकिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर