काठमाडौं, ११ कात्तिक। पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोभिड संक्रमित थपिएका छन् ।त्यस्तै दुई जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेकोे छ ।

८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ

त्यस्तै आज ६६४ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।। योसँगै  सक्रिय संक्रमितको संख्या १० हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर