काठमाडौँ, ८ कात्तिक । देशभर थप सात सय ७६ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। आठ हजार २८४ जनाको पिसिआर परीक्षण र  २५८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ५०१ जना निको भएका छन् ।

  यस्तै हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर