काठमाडौँ, ७ कात्तिक । देशभर थप ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको निधन भएको छ । । ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हाल देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् ।
देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
