कैलाली, ६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले उक्त कुरा धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो बताउनुभएको हो ।
अहिले अर्ली निर्वाचनाम जाने कुरा विरोधाभास र असम्भव छ भन्दै उहाँले संसद पुनःस्थापना पछि सरकार बनेको छ, अझ समय वाँकी रहेको अवस्थामा संसद विघटन गरी चुनावमा जाने कुरा राम्रो होइन भन्नुभयो ।
संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली निर्वाचनको कुरा सम्भव नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उहाँले बताउनुभयो ।
नेता पौडेलले कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको बताउनुभयो ।
डडेल्धुरामा जिल्ला सभापतिले नै बहिष्कार गरेको अस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको भन्दै नेता पौडेलले डडेल्धुरामा सदस्यता विवाद कायम रहेकाले त्यहाँ पुनः अधिवेशन गराउनु पर्दछ भन्नुभयो ।
