काठमाडौ, ५ कात्तिक,। पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको ज्यान गएको छ भने ७०८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कुरा जनाएको हो ।
यसैगरी सोही समयावधिमा संक्रमणबाट ९३२ जना विसेक भएका छन् ।
संक्रमणबाट अहिलेलेसम्ममा मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने विसेक हुनेको संख्या ७ लाख ८५ हजार ८१३ जना पुगेकाछन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौंमा मात्र १७१, ललितपुरमा ३३ र भक्तपुरमा १८ जनामा संक्रमण पुष्टि भएको छ ।
