काठमाडौँ,९ फागुन । भारतबाट खरिद गरेको कोरोना विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आज यहाँ एयर इन्डियाबाट आइपुगेको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप फागुन ५ गते सेरम इन्स्टिच्युटसँग गरेको सम्झौता अनुरुप आएको हो ।
सरकारले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरुप पहिलो खेपको १० लाख खोप आएको हो । खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने कुरा बुझिएको छ ।
खोप विमानस्थलबाट भण्डारणका लागि टेकुस्थित ुकोल्डरुमुमा लगिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर