काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ।
मंगलबार देशभर ८ हजार १ सय४० जनामा पिसिआर र १ हजार ७ सय ७६ जनामा एन्टीजेन परीक्षण गरिएको थियो। त्यसमा पिसिआरबाट ९ सय ५७ र एन्टीजेनबाट १ सय ३९ जनामा कोरोना पुष्टि भएको हो।
मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४३, भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।
