विराटनगर, ९ फाल्गुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभाको आजको बैठकमा पेश भई छलफल हुने प्रदेश सचिवालयव्दारा जारी कार्य सूचीमा जनाइएको छ ।
मुख्य मन्त्री राईले यसअघि आजको प्रदेश सभा बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नुभएको थियो ।
तर, सभामुखले भने मुख्यमन्त्रीको सो आग्रहलाई अस्वीकार गर्दै कार्यसूची प्रकाशन गर्नुभएको थियो ।
प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै समूह र नेपाली कांग्रेस छलफलमा जुटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर