मुगु, २६ असोज । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ(सातमोड)मा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु र १६ जना घाइते भएका छन्।
उक्त बस नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी तर्फ गइरहेको छ । भे १ ख ३१३६ नंम्बरको उक्त बस आज दिउँसो साढे १२ बजे दुर्घटना भएको हो । अहिले घाइतेहरुको उद्धार कार्य जारी छ।
