काठमाडौं, २५ असोज । पछिल्लो चौविस घन्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११२४६ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७८५ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट ८८८ जना विसेक भएका छन्।
यस्तै सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ पुगेको छ।
