काठमाडौँ, २३ असोज । विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ३४० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

पछिल्लो २४ घण्टामा ८९९ जना सङ्क्रमणबाट निको भएका छन् । आजसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुने सात लाख ७५ हजार ७२ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १४ हजार १६८ होम आइसोलेशन, एक हजार १७२ संस्थागत आइसोलेशन र २३६ जना क्वारेन्टिनमा छन् ।

आज ९० हजार ९९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ८१ लाख २७ हजार २६२ र पूर्ण मात्रा ६४ लाख ४६ हजार ९५७ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर