विरगंज, २२ असोज । वीरगन्ज महानगरपालिका– १३ मुर्ली कब्रस्तानमा दाहसंस्कार गर्न लगिएको एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

जबर्जस्ती करणीका कारण अत्यधिक रक्तश्राव भएर मृत्यु भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।

शवलाई नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
भारत बिहारको पश्चिमी चम्पारणस्थित इनर्वानिवासी मृतक किशोरी जगरनाथपुर गाउँपालिकानिवासी आफ्नो भिनाजुको घरमा बस्दै आएको जनाइएको छ ।

मृतक किशोरीको घाँटीमा समेत डाम देखिएको छ। घटनाको अन्य कुराहरू पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धानबाट पुष्टि हुने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर