काठमाडौं, ८ फाल्गुन । पछिल्लो चौविस घण्टामा २०४८ जनाको आरटीपीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोनाभाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यससँगै सङ्क्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित विसेक भएका छन् भने यससँगै विसेक हुने सँख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । अहिले १५३५ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा सङ्क्रमित मृत्यु सुन्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर