काठमाडै, १३ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ८ जनाको ज्यान गएकोछ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११५७ जनामा संक्रमण पुष्टि भएेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १०,६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी सो संख्या पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट १११३ जना विसेक भएका छन् ।
हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।
