काठमाडौँ, १२ असोज । पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ११,११५ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ११५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा १३१८ जना संक्रमणबाट विसेक भएका छन् ।
यससहित विसेक हुनेको संख्या ७ लाख ६३ हजार ७३४ रहेको छ ।
