काठमाडौ, ११ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १११०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १२८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
१२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी सो संख्या पुष्टिभएको हो ।
यस्तै पछिल्लो चौविस घण्टामा संक्रमणबााट १२६२ जना विसेक भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् ।
