चितवन, ११ असोज  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।

आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गर्नुभएको हो । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याउनुभएको छ ।

यस्तै रत्ननगर सभापतिमा  प्रह्लाद सापकोटाको जित भएको छभने  कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी हुनुभएको छ ।  खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी हुनुभएको छ । माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन
भक्तपुर, ११ असोज  ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल हुनुहुन्छ ।

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी हुनुभएको छ ।

मध्यपुरथिमि नगर सभापति प्रजापति नेतृत्वका उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी हुनु भएको छ ।

यसैगरी चाँगुनारायण नगर सभापति केसी नेत्तृत्वका उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी हुनुभएको छ । सूर्यविनायक नगर ढुङ्गेलका नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी हुनुभएको छ ।

  बागलुङका  आठ पालिकामा नेतृत्व चयन, दुईमा सहमतिको प्रयास जारी

बागलुङ, ११ असोज । नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो ।

बागलुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागलुङका अनुसार ढोरपाटनमा धनबहादुर कायत ‘कल्याण’ र जैमिनी नगरपालिकामा प्रेम सापकोटा सभापतिमा निर्वाचित हुनुभएको छ । यी दुई नगरपालिकामा पनि सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिममा मतदानबाट नेतृत्वको टुङ्गो लागेको हो ।

बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जनाइएको छ । बडिगाडमा कृष्ण गुरुङ, निसीखोलामा सूर्यबहादुर घर्ती, तमानखोलामा लीलाबहादुर छन्त्याल, ताराखोलामा कमलापती पाठक र काठेखोलामा यामदत्त कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ ।

गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा भने अझै नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतका लागि अहिले पनि छलफल चलिरहेको र सहमति नजुटे आज निर्वाचन हुने कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर