काठमाडौ, १० असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या ११०९६ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रलयले जनाएको छ ।

८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गर्दा सो संख्या भएको मन्त्रालयले जनाएको छ ।

यस्तै सो समयावधिमा १२७९ जना कोरोनाबाट विसेक भएका छन् भने ७ लाख ६१ हजार १५४ जना विसेक भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर