काठमाडौ , ४ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ११ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्ट भएको छ ।
पछिल्लो चौविस घण्टामा २९५७ जना कोरोनाबाट विसेक भएका छन् ।
अहिलेसम्म ७ लाख ५२ हजार १७० जना कोरोनाबाट विसेक भइसकेका छन् ।
