काठमाडौ,६ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज वसेको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका तय गर्दै सो महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

बैठकले महामन्त्री पूर्णबहादुर खड्काले हिजो बैठकमा पेस गरेको प्रस्तावमा छलफल गरी तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गरेको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनअघि क्रियाशील सदस्यहरूको विवरण तयार गर्न छानबिन समिति गठन गरेको छ ।
सो समितिमा रमेश लेखक संयोजक रहनुभएको छ भने सदस्यहरुमा आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर