काठमाडौँ, ६ फागुन । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ ।
स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय