काठमाडौं, ६ फागुन । पछिल्लो चौबीस घण्टामा ३ जनाको कोरोनाभाइरस संक्रमण (कोभिड१९)बाट मृत्यु भएको छ ।
उक्त संख्यासँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५८ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ३५४१ जनाको नमूना परीक्षण गर्दा ९६ जनामा कोरोनाभाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित विसेक भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म २ लाख ६९ हजार ५०५ जना विसेक भइसकेका छन् ।
मन्त्रालयका अनुसार अहिले १६०३ जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

सोमंबुबिशु