काठमाडौ, २८ भदौ । राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रुक्म शमशेर जवराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकमा स्व राणाप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

राणा विसं २०४८ को राष्ट्रियसभामा मनोनीत सदस्य हुनुहुन्थ्यो ।

पूर्वराजदूतसमेत रहनुभएका राणाको ८६ वर्षको उमेरमा यही भदौ २६ गते शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बिहान ११ बजे पुनःबस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर