संखुवासभा, २७ भदौ । मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ।

नीजलाई हिजो पक्राउ गरिएको थियो। उनी मृतकका छिमेकी भतिजो साइनो पर्ने व्यक्ति रहेका थिए ।
नीजले हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मलेनमा प्रदेश १ का प्रमुख डिआईजी अरूणकुमार बिसीले जानकारी दिनुभयो ।

पारिवारिक रिसइबीका कारण नीजले हत्या गरेको वताइएको छ । नीजले तेजबहादुर कार्कीको मात्र हत्या गर्ने योजना रहेको तर परिवारका अन्य सदस्यले समेत देखेपछि प्रमाण लुकाउन सबैको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ।

सोमबार बिहान एकै घरका ६ जना ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको सामूहिक हत्या गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर