काठमाडौँ, ५ फागुन । नेपाली कांग्रेसको १४ औं महधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्ममा गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिको आज वसेको बैठकमा पेस भएको छ ।
उक्त प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले पेस गर्नुभएको थियो ।

बैठक बारे पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता विश्वप्रकाश शर्माले उक्त महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पनि पेस भएको बताउनुभयो ।
बैठकमा गाउँ,नगरको वडा अधिवेशन, गाउँ नगरपालिकाको अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रदेश अधिवेशन लगायतको अधिवेशनको समेत मिति तोकिएको प्रस्ताव पनि पेस भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
पाँच वर्षमा महाधिवेशन गर्नुपर्नेमा सो हुन नसकेपछि पार्टीले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप्नका लागि सो बैठक बोलाएको हो ।
बैठक भोली दिउँसो तीन बजे पनि बस्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर