काठमाडौ, २४ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०९०३ पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीिआर र एन्टिजेन परिक्षण गर्दा थप १२७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा १८४५ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् ।
